Skip to content
Friday, July 17, 2026 Nepali Online Media

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ २, काठमाडौं | भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् ।<br></p><p>डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलीले त्यहाँ आइपुग्ने जानकारी दिए । उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ । रुखको अवशेष १२ फिट लामो र&nbsp; ८ फिट चौडा छ ।&nbsp;</p><p>- यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।&nbsp;</p>