जेठ ६, काठमाडौँ | भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ ।

सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

मोदी दोहोरिने प्रक्षेपण
Leave a Comment