२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर

२०७६, ८ जेष्ठ बुधबार ०१:५४

जेठ ८, काठमाडौँ | कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौँ । ’ 

कतार अझ बलियो र आत्मनिर्भर

नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ। ‘हामी कतारी काम नै नगरि बस्दा पनि पुग्ने समुदायमा पर्छौं। यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द गार्डियन’सँग भनेकी थिइन्, ‘नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर बन्ने दृढता र राष्ट्र प्रेमको लहर देखियो। जुन साँच्चै लोभलाग्दो छ। ’ यो धारणा कतारका अन्य उच्च अधिकारीबाट पनि आइरहेको छ। यसबाट कतार २ वर्षमा साँच्चै आत्मनिर्भर मात्र होइन उत्पादन गरेर विदेश निर्यात गर्नेमा दरिन थालेको छ ।

नाकाबन्दीपछि कतारको मानव अधिकार समितिसँग न्याय मागिरहेका हजारौं मुद्दा सम्बोधन गर्दै अघि बढेको राजदूतको धारणा छ । नाकाबन्दी लगाउने ४ देशमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार यसबाट प्रत्यक्ष प्रभावित छन् । काम गर्न पाउने र अन्य अधिकारबाहेक ६ हजार ४ सय ७४ मुद्दा पारिवारिक मेलमिलापविरुद्धका भएको तथ्यांक मानव अधिकार संगठन कतारसँग रहेको जानकारी दिएको छ ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा