पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ११, काठमाडौँ | भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् ।

भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने अर्को्तिर भारतले अर्थ नीति कस्तो लिने हो त्यसको बारेमा पनि बहस सुरु भएको छ । यद्यपि विगत डेढ वर्षमा नेपाल–भारतको बीचमा निकै राम्रो सम्बन्ध सुधार भएको त्यहाँका विदेशमन्त्री सुषमा स्वराजले नै भन्नुभएको छ ।

विश्वको अर्थ राजनीतिको प्रतिस्पर्धामा चीन, अमेरिका, जापानलगायत देशसँगको दौडमा भारतले आफूलाई पनि उभ्याएको छ । आउने दिनमा यी देशहरुसँग उसको के सम्बन्ध रहन्छ, त्यसको बारेमा पनि विश्लेषणहरु सुरु भएको छ ।

भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने विश्लेषकहरु बताउँछन् ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।