2026-09-20 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

जेठ ११, काठमाडौँ | नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।

देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए । 

एक्सन नेपालका डा. देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए ।

अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा. प्रसाईंले जानकारी दिए । 

– यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो