पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १२, काठमाडौँ | </b>मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ । <br></p><p>मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् । </p><p>राजदूत पाण्डेले गोरखापत्रसँग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री कुलासेसँगको भेटका क्रममा नेपाल र मेलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झदारीअन्तर्गत रही सुरक्षा गर्न थप उपायबारे पनि छलफल भएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।</p>

