Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विप्लव गतिविधिबारे एकसाता अघिनै गुप्तचरले दिएका थिए रिपोर्ट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १४, काठमाडौँ | प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो ।

विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालय मातहत नै छ ।

‘पुरानो जनयुद्धको रुपालाई गाउँभन्दा सहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजको सूचना मुख्यसचिव रेग्मीलाई दिइएको छ ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरु आउजाउ बढेको, बैठक भेलाहरु सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरु अघि बढेको  भन्ने सूचना दिइएको हो ।’

- यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।