2026-09-13 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालकलाई बलि दिईएको हुन सक्ने तथ्य भेटियो, तीन आरोपी पक्राउ

जेठ १५, जनकपुर | अढाई वर्षीय बालक आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरको छ । तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् ।

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार आर्यन हत्याको अनुसन्धान धेरै कोणबाट भइरहेको छ । ‘शवको अवस्था, घटनास्थलको प्रकृति र पक्राउ परकाको बयानले बालकलाई बलि दिइएको हुन सक्ने भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ एसपी खनालले भने, ‘हत्याको ठयाक्कै कारण के हो भन्ने दुई–चार दिनमा प्रस्ट हुन्छ ।’

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनको गिरफ्तारीपछि जंगवीर फरार छन् । शत्रुघनलाई बालक बलि दिन जंगवीरले उक्साएको प्रहरीको आशंका छ । 

– यो समाचार आजको कन्तिपुर्मा अजित तिवारी र सन्तोष सिंहले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन