2026-09-20 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति कार्यालयबाट सिंहदरबार पुग्न पाँच दिन !

जेठ ३०, काठमाडौँ | काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।

सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट संसद् सचिवालयमा पुग्न पाँच दिन लागेको हो । उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रमसमेत तय भएको थियो । यस्तै संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले गरेको पत्रसमेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणको विषयमा संसद्लाई कुनै जानकारी नै नदिएको पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँचौं दिनमा बुधबार मात्रै संसद्लाई भ्रमणको आधिकारिक जानकारी प्राप्त भएको छ । राष्ट्रपति कार्यालयका सचिव विनोद केसीले गत २४ जेठमा ‘राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीमा सहभागी हुन २५ जेठमा त्यसतर्फ जाने भएकाले संविधानबमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको’ भन्ने पत्र संसद् सचिवालयलाई पठाएका थिए । 

– यो समाचार आजको राजधानी दैनिकमा  सविन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो