असार १३, काठमाडौँ | पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।

पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ ।

‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

June 28, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
वार्तामा आउन विप्लव समूहको यस्तो सर्त
By साझासवाल
2 मिनेट पढाइ