2026-09-20 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगा गाडी आयातमा कडाइ, सवारी ऋण पनि नियन्त्रण गर्ने नीति लिईदै

असार २०, काठमाडौँ | निर्यातभन्दा आयात उच्च भएर भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ । प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन-टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत यस्तो रणनीति अपनाउन लागेको हो ।

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सञ्चालक र व्यवस्थापकसँगको भेटमा महँगा निजी सवारी आयातमा टीआर लोन रोक्ने बताएका थिए । वस्तु बिक्री भएपछि ऋण भुक्तानी गर्ने प्रतिज्ञापत्रका आधारमा बैंकले प्रवाह गर्ने कर्जा ‘ट्रस्ट रिसिट लोन’ हो। कर्जामा कडाइ गर्नेबित्तिकै सवारीसाधन आयातकर्ताले तोकिएको सीमाभन्दा बढी ऋण पाउँदैनन्। आयातकर्ताले आफ्नै स्वपुँजी (इक्विटी) मा आयात गर्नुपर्छ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सरकारको व्यापार घाटा न्यूनीकरण रणनीतिलाई ‘मार्गदर्शक दस्तावेज’ का रूपमा लिएको गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन्। चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.४० प्रतिशतले बढी हो ।

चालु आवको १० महिनामा शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। साथै विदेशी मुद्रा सञ्चिति साउनदेखि वैशाखसम्म ६.६ प्रतिशतले घटेको छ।

निजी सवारीसाधन मात्र होइन, सार्वजनिक सवारीसाधन आयात गर्नेले पनि ७५ प्रतिशत क्षमता उपयोग हुने आधार देखाउन नसके टीआर लोन नपाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले निजी सवारीसाधन आयातमा ४५ लाखको थ्रेसहोल्ड राखेर कडाइ गरेमा अटोमोबाइलको बजार ३० प्रतिशतसम्म घट्न सक्ने बताए। उनका अनुसार विद्युतीय साधनमा जनविश्वास बढिनसकेकाले आकर्षण छैन। सरकारले अहिले निजी सवारीसाधन आयात गर्दा २२५ प्रतिशतसम्म राजस्व लिँदै आएको छ। दाहालले भने, ‘सरकारले एकातर्फ राजस्वको महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। अर्कोतर्फ गाडी आयातमा कडाइ गरेको छ। यसले राजस्व लक्ष्य प्राप्त हुन सक्दैन।’

आगामी आर्थिक वर्ष २०७६/७७ मा आठ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। मौद्रिक नीति निर्माणमा संलग्न अधिकारीका अनुसार विद्युतीय सवारीसाधन आयातका लागि भने टीआर लोनमा कडाइ हुँदैन।

– अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो