2026-07-09 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बझाङको खप्तडछान्ना गाउँपालिकामा रोपाइँ खेतमै डोजर

2019-07-05

असार २०, बझाङ |  बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको बेला  खेतालाहरु रोपाई गरिरहेका थिए | 

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो। ‘कुलो भाँचिए’पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो। ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ।’

डोजरले सिँचाइ कुलो , २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’स्थानीयले बताए |‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’उनले भने। डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ। भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ। रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए। ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए। गाउँ नै आतंकित भएको छ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए। डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए। ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए। धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ। धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’तर्क गरे। ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं। असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो।’उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे। ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं। ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’उनले भने।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए। उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको छ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू