२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिबियामा अलपत्र परेपछि उद्दार भएकाहरूले भने– ‘अध्यागमनकै सेटिङमा उडेका थियौं’

२०७६, ३१ असार मंगलवार ०३:५५

असार ३१, काठमाडौँ | मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । 

सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरेपनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् ।

चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’

दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।

घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ