2026-09-13 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

साउन ८, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । 

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ । 

– यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । 

आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷७६ मा कूल ९६३ उजुरी परेको र त्यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३११ (३३ प्रशितश) उजुरी परेको उल्लेख छ । कूल उजुरीमा ५५२ (५७ प्रतिशत) उजुरी फछ्र्योट भएको र ४११ उजुरी अनुसन्धानको क्रममा रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

“शिक्षक नियुक्ति, दिवाखाजा, भवन निर्माणलगायत विषय समेटिएका शिक्षाका उजुरी सबैभन्दा बढी आएका छन्”, उहाँले भन्नुभयो, “त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत २६३ उजुरी परेका थिए ।” उहाँका अनुसार गत आर्थिक वर्षमा वन तथा वातावरणका १०५, ऊर्जा, जलस्रोत तथा सिँचाइका ५७, स्वास्थ्य तथा जनसङ्ख्याका ४८, भौतिक पूर्वाधार तथा यातायातका ४२, खानेपानीका ३६ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २४ उजुरी परेका थिए ।

कूल उजुरीमा सबैभन्दा कम अर्थ मन्त्रालयअन्तर्गत भने एक उजुरी परेको जनाइएको छ । प्रदेश सरकारभन्दा स्थानीय सरकारका विकास गतिविधिमा भएका अनियमितताका उजुरी धेरै परेको प्रमुख सुवेदीको भनाइ छ । जिल्लागतरूपमा सुर्खेतमा २०१, दैलेखमा १६८, जाजरकोटमा १२७, कालिकोटमा ९१, मुगुमा ८२, सल्यानमा ७७, जुम्लामा ७४, रुकुम पश्चिममा ६२, हुम्लामा ४९ र डोल्पामा २८ गरी ९६३ उजुरी परेका थिए ।

प्रतिवेदनअनुसार चिठ्ठीपत्रबाट ९२७, इमेलबाट १५, पत्रपत्रिकाबाट १८, फेसबुकबाट दुई र फ्याक्सबाट एक उजुरी परेका थिए । आयोगले फछ्र्योट ५५२ उजुरीमध्ये तामेली १९४, एकीकरणका २२६, लेखी पठाएका ४४, विस्तृत अनुसन्धानका ६६, आयोगको अन्य महाशाखा तथा कार्यालयमा छानबिनका लागि प्रेषित गरेका १९ र अन्य निकायमा पठाएका तीन उजुरीको पनि अभिलेखीकरण गरेको छ ।

चार रङ्गेहात पक्राउ, ११ विरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आव २०७५/७६ मा चार जनालाई रङ्गेहात पक्राउ गरेको र ११ जनामाथि आरोपपत्र दायर भएको बताएको छ ।

आयोगको सुर्खेतस्थित कार्यालयले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले रु १५ हजार, चौफा सवडिजिभन वन कार्यालय चौरजहारी रुकुमका फरेष्टर महेन्द्र बिसीले रु सात हजार, शिक्षा विकास समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओलीले रु २५ हजार र डिभिजन वन कार्यालय कर्णाली प्रदेश सुर्खेतका वन अधिकृत भक्तबहादुर लामाले रु चार लाख घुस लिँदै गरेको आरोपमा रङ्गेहात पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

त्यस्तै, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज बाँकेका तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसाल, कृषि प्राविधिक मोतिप्रसाद न्यौपाने, अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी, शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख धनबहादुर ओली, जनता मावि राम्नाकोट खार्दु कालिकोट तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेलगायत ११ जनाविरुद्ध रु ३१ लाख ९२ हजार १५६ बिगो दाबीसहित आरोपपत्र दायर गरिएको अख्यितार सुर्खेतले जनाएको छ । 

अख्तियारका अनुसार रु २२ लाख २२ हजार ५२५ असुलउपर गरिएको छ । सीमित जनशक्ति, साधन र स्रोतको प्रयोगले विगत वर्षहरुभन्दा आव २०७५÷७६ मा अख्तियार सुर्खेतले ४४१ स्थलमा अनुसन्धान टोली पुगेर निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले