पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १०, काठमाडौँ | नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।

अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन् ।

विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए ।

- यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।