२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा दुबई गएका ६९ कामदारले तीन महिनादेखि नेपाल फर्कन पाएनन्

२०७६, १५ भाद्र आईतवार ०७:१६

भदौ १५, काठमाडौं | बैदेशिक रोजगारीमा गएका यूएईस्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीमा करार अवधि सकिइसकेका ६९ नेपालीकामदारले स्वदेश फर्कन पाएका छैनन् | कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।

आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदारको भनाइ छ | उनीहरूलाई काममा समेत लगाइएको छैन । भने घर पनि पठाइएको छैन | त्यत्तिकै थन्किएर बस्नुपरेको छ,’ दार्चुलाका कृष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’ सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए । कम्पनीले कामदारलाई स्वदेश पठाउनुपरे भिसा सकिएको दिनदेखि नै जरिवाना बुझाउनुपर्छ । ठूलो जरिवाना बुझाउनुपर्ने भएकाले कम्पनीले भिसा रद्द गर्न नसकेको हो । 

यता कम्पनीले भने नेपाली दूतावासलाई ६९ जना कामदार रहेको भन्दै नेपाल पठाउने प्रक्रिया थालेको जनाएको छ। तर उसले कहिले पठाउने भनेर मिति दिएको छैन | पिडितहरुले दुई महिनाअघिदेखि नै दूतावासलाई अनुरोध गर्दै आएको सोहि कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपाली कामदार रहेको धनगढीका केशव साउदले बताए । 

कम्पनीबाट पाउने सेवासुविधा दिलाएर स्वदेश पठाउन कम्पनीसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ | श्रम काउन्सेलर भेषराज कार्कीले दूतावासलाई कम्पनीविरुद्ध मुद्दा लड्न अख्तियार दिएर कामदार स्वदेश फिर्न सकिने वातावरण बनाइरहेको बताए |-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ