पढ्न करिब 1 मिनेट लाग्छ

असोज ४, काठमाडौँ | गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए ।

- यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखका छन् ।