असोज ९, काठमाडौँ | ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेका थिए।

सरकारी जग्गा आफ्नो बनाउन शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएका थिए ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।

September 26, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा
By साझासवाल
2 मिनेट पढाइ