असोज ९, काठमाडौँ | गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् ।

पहिले पाएनन्, खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । पाँच दशकभन्दा बढी उनीहरु खाली खुट्टै हिँडे, त्यसमै बानी परे । अहिले जुत्ता लगाएर हिड्न गाह्रो मान्दछन् । ती वृद्ध भन्छन्,‘पहिले जुत्ता–चप्पल किन्न सकेनौं, अहिले लगाएर हिँड्न जान्दैनौं ।’

कालीकोट, रोल्पा, दाङ र धनकुटामा भेटिएका जुत्ताजप्पल नलगाउनेहरुका दैनिकी अहिलेका पुस्ताले हेर्दा–सुन्दा अपत्यारिला छन् ।

कालीकोटको सन्नीत्रिवेणी–३ लुयाटाकी बुदी देवकोटा भैंसी दुहुन्छिन्, घाँस काट्नेसँगै घरधन्दाका काम गर्छिन् । हिँडडुल भने खाली खुट्टै गर्छिन् । जिल्लामा चारबीस अर्थात् ८० वर्ष पार गर्ने थोरै जेष्ठ नागरिकमध्ये उनी पनि हुन् ।

देवकोटाका खुट्टा पटपटी फुटेका छन् । तैपनि उनलाई जुत्ता–चप्पल लगाउन मन लाग्दैन । ‘पहिले पाइएन, अब मर्ने बेला के लगाउनु,’ उनले भनिन्, ‘जुत्ता–चप्पल लगाएर हिँड्नै जान्दैन, लोटी (लडी) हाल्छु ।’

- यो समाचार कान्तिपुर दैनिकमा छ ।

जो कहिल्यै जुत्ता लगाउँदैनन्…