2026-09-20 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सी भ्रमण सुरक्षाको लागि जनमुक्ति सेना पनि !

असोज २५, काठमाडौँ | चिनिया राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको सुरक्षा तयारी पूरा भएको छ । नेपालका चार वटै सुरक्षा निकाय र चिनिया जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्नेछन् । 

राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । विमानस्थलमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् । स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै राजकीय सलामी अर्पण गर्नेछ । त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् । विमानस्थल ओर्लेपछि उनी बस्ने होटल र सवारी रुटमा

कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

आधा घण्टा आराम गरेपछि सी नेपाली समकक्षी भण्डारीसंग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास जानेछन् । त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ । स्रोतले दिएको जानकारी अनुसार सीको भ्रमण अवधिभर रहनेगरी चीनबाट जनमुक्ति सेनाको कमान्डो टोली काठमाडौं आइसकेको छ । कति संख्यामा जनमुक्ति सेना आएका छन् भन्ने सुरक्षा अधिकारीले खुलाएका छैनन् ।

– मात्रिका दाहालले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो