Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

केरुङ–काठमाडौँ रेल आउँछ : सी

By साझासवाल 2 मिनेट पढाइ

असोज २७, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।

उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाई थियो ।

वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ–काठमाडौँ रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।