Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २५, काठमाडौँ | सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।

आर्थिक ऐन संसोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

- यो समाचार आजको राजधानी दैनिकमा मधुजग पाण्डेले लेखेका छन् ।