२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली मूलका बैज्ञानिक सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

२०७६, २९ कार्तिक शुक्रबार ०५:०९

विजय थापा | कात्तिक ३०, डिसी । नेपाल जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् ।

उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन 'सँस्था'ले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् ।

यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान र आविष्कारहरूले नयाँ र उदाउदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा झा वायरलेस संचार संजाल (बेतार नेटवर्क) र टेक्नोलोजी (प्रविधि)को क्षेत्र भित्र विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता हुन् ।

यी क्षेत्रहरू बीच पहिले कहिल्यै समाधान नभएका समस्याहरू समाधान गर्ने उनको विशिष्ट र अतुलनीय दृष्टिकोण महत्वपूर्ण छ , जुन ११० भन्दा बढी आविष्कारहरू अमेरिकाको प्याटेन्ट (एकस्व अधिकार) को रूपमा दायर र स्वीकृत भएका छन् ।

उनको असाधारण अनुसन्धानको परिणामस्वरूप नवीन र अग्रणी प्रविधिहरू छन् जुन वायरलेस (बेतार) अंतर्जाल (इन्टर्नेट) प्रयोगकर्ताहरूको वर्तमान अनुभव र वायरलेस नेटवर्क (बेतार संजाल) को भावी पीढीमा प्रयोगकर्ताको अनुभवमा उल्लेखनीय बृद्धिको लागि उपयोग गर्न सकिन्छ ।


सन् २००४ मा डा झाले त्रिभुवन बिश्व बिद्यालयबाट बिई (अभियन्त्रणामा स्नातक) गरेका हुन् भने उनले सन् २००७ मा एआइटी थाईल्याण्डबाट अभियन्त्रणा (ईञ्जिनियरिङ्ग) मा स्नातकोत्तर गरेका हुन् ।

सन् २००७ मा फ्रान्सबाट संचार अंतर्जाल तथा सेवामा एमएससी (बिज्ञानमा स्नातकोत्तर)गरेका छन् । यसको साथै सन् २०१३ मा क्यानडाको ब्रिटिश कोलम्बिया बिश्व बिद्यालयबाट ईसिईमा विधावारिधि (पिएचडी) गरेका छन् । 

हाल उनि वरिष्ठ अनुसन्धान बैज्ञानिकको रुपमा अमेरिकाको बिश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत छन् । उनि ५ जिर (जि सेलुलर मोबाइल भ्रमण ध्वनि) को अनुसन्धान लगायत अन्य महत्वपूर्ण अनुसन्धानमा संलग्न छन् । उनले यसको अतिरिक्त फ्रेन्च क्षेत्रीय कर्पोरेसन फेलोशिप २००७, थाइल्यान्डमा दि आओयागी पुरस्कार द्वारा सबै भन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन पुरस्कार बाट सम्मानित भएका छन् ।

सन् २००५ मा  थाईल्याण्डका राजा द्वारा राखिएको एसियाको लागि शैक्षिक छात्रवृति प्राप्त गर्नुको साथै सन् २००७ मा नेपालका राष्ट्रपति द्वारा नेपाल बिद्याभुषण प्राप्त गरेका छन् ।

अमेरिकामा स्थापित मधेशी एसोसिएसन इन अमेरिका (एमएए-maa) ले छापा बिज्ञप्ति जारी गर्दै सम्मानित हुनु हुने बैज्ञानिक डा सतिश चन्द्र झा लाई बधाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी