2026-09-20 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेन्टिलेटरमा राखेर प्रधानमन्त्रीको उपचार हुँदै, खासमा भएको के हो ?

मङ्सिर ११, काठमाडौँ । ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ । 

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्याइएको थियो । विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो। सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ । 

विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’रहेको उल्लेख छ । 

– यो समाचार कान्तिपुर दैनिक छापिएको छ । 

प्रधानमन्त्रीको बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति फैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने । अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् । 

अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने ।

– नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो