Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्लवतिरका बडीगार्ड नै बदमास

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ११, काठमाडौँ | सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो ।

पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ ।

राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षास्टाफ आशिषले प्रहरी सेल्टरसम्म पु-यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमाण्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीतिविपरित बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्वपिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’

- आजको जनआस्था साप्ताहिकमा खबर छ ।