2026-09-20 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

पुष १६, काठमाडौँ | आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ ।

यस्तो अध्ययन गर्ने टोली अर्को अक्टोबरमा आउँदैछ । टोलीले आफ्नो त परै जाओस्, सीमा गाँसिएका देशको पनि अध्ययन गर्न पाउँदैन । आफ्नो राष्ट्रसँग कुनै कारोबार वा स्वार्थ नभएका देशका मानिस त्यसमा हुन्छन् । दशैंताका आउने टिमसँग कसरी ट्याकल गर्ने भनेर अर्थले कानुन सचिवको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त टोलीलाई हाम्रो प्रगतिको प्रमाणसहित विवरण दिनुपर्ने हुन्छ । अहिले लफडामा परेका देश पाकिस्तान, श्रीलंका, कम्बोडियामाथि ३६ वटा विकसित मुलुक सदस्य रहेको फाइनान्सीयल एक्सन टास्कफोर्सअन्तर्गत एशिया–प्रशान्त क्षेत्र हेर्ने टिमले निगरानी गरिरहेको छ । उनीहरुले विद्वानका कुरा सुनेर होइन, अपरेशन लेभलमै ४० वटा सूचकअन्तर्गत प्रगति वा अधोगति हेर्छन् ।

यसमा अरु मामिलामा जस्तो मिठो बोलेर वा स्वादिलो खुवाएर उम्किने सम्भावना हुँदैन । यही कुरालाई दृष्टिगत गर्दै नेपालले आतंककारी वा शंकास्पद लगानीमा संलग्न दुई मुद्दा अगाडि बढाएको छ । भारतको पूर्वोत्तर क्षेत्रमा सक्रिय आतंककारी संगठन उल्फाको लगानी भित्राउने निरञ्जन होजाईपछि पनि अरु दुई मुद्दा चलिरहेका छन् । २०७१ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुँदा हिन्दुधर्मको प्रचार गरिरहेका दुई बंगलादेशी हसाइम इस्लाम र रियल मियाँसँग साउन १९ गते प्रहरीले नेपाली नागरिकता भेटेको थियो । पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरुले बाँकेको कटरकुइया गाविस–४ बाट नागरिकता लिएका थिए ।

त्यसअघि बर्मेली नागरिक शंकरप्रसाद गुरागाईँ र भारतीय नागरिक सुरेश अधिकारीसँग पनि यसरी नै नेपाली नागरिकता भेटिएको थियो । भारततिर आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नागरिकता दिएका थिए ।

यही गिरोहका अरु ८ जनासँग पनि हाम्रो देशको नागरिकता थियो । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले यी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा गुरागाईँ र अधिकारीबाहेक सबै फरार छन् । उनीहरु भारतको आतंकवादी गतिविधिमा संलग्न प्रिपाक, युपिपिके, केसिपीजस्ता समूहमा आवद्ध थिए र उताको पैसा नेपालमा ल्याएर सम्पत्ति शुद्धिकरणको उद्देश्यले व्यवसायमा लगानी गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

– यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो