2026-09-20 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी वायुको असर: आजदेखि तीन दिनसम्म मौसम खराब

पुष १८, काठमाडौँ | देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।

नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ ।

अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताए । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पुर्याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताए ।

भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भिœयाउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।

यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “छोटो छोटो वर्षा हुन्छ तर लगातार भइरहन्छ,” मौसमविद् नगरकोटीले थपे, “आगामी तीन दिन मौसम खराब रहनेछ । त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना छ ।”

हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको उनले जानकारी दिए । त्यसैका कारण आकाशमा बादल लाग्ने र बदली भइरहने क्रम जारी रहनेछ ।

बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ ।

– आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो