Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति, ३५ घर भत्काइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष १८, काठमाडौँ | दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले विभागलाई सो स्वीकृति दिएको हो । योसँगै यस आयोजनाका लागि आवश्यक जग्गा अधिकरण गर्न र सडक विस्तार प्रभावित हुने ३५ वटा घर भत्काउने बाटो खुलेको छ ।

यस खण्ड  विस्तारका लागि गतवर्ष फागुनमा सडक विभाग र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

- यो समाचार आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।