२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा एक हजार नेपालीलाई रोजगारीको अवसर, कहिले हुँदै छ परीक्षा ?

२०७६, २० पुष आईतवार ०५:४२

पुस २०, काठमाडौँ | जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो |

यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उर्तीण भएका थिए | नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी) बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो | जनवरी र मार्चमा सञ्चालन गरिने परीक्षा जापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ । यसैगरी मार्चमा पनि ३ तारिखदेखि पटकपटक गरेर १२ दिनसम्म सञ्चालन हुनेछ ।

परीक्षा युनिभर्सल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडौँमा हुनेछ । -यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ