Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपालमा १४ मुलुकका २९ वायुसेवा कम्पनीले उडान भर्दै

By साझासवाल

पुष २५, काठमाडौँ | भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो ।

नेपालबाहेक १३ वटा मुलुकका २६ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । १३ वटा मुलुकम छिमेकी मुलुक भारत चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्की रहेको उनले बताए ।

- यो समाचार आजको आथिएक दैनिकमा प्रवीण राउतले लेखेका छन् ।