आगामी शैक्षिक सत्रदेखि फेरिँदै १२ सम्मको पाठ्यक्रम, अनिवार्य गणित हटाइयो

साझासवाल

<p>माघ ६, काठमाडौँ | आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुन लागेको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारूप तयार गरेको छ ।<br></p><p>पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा २,३,६ र १२ र त्यसपछि ४, ५, ७,८ र ९ को पाठ्क्रयम क्रमैसँगै परिवर्तन हुने अन्नपूर्ण समाचारमा उल्लेख छ । तर यी सबै परिवर्तन हुन ०८० सम्म लाग्ने केन्द्रको भनाइ छ ।</p><p>कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएको छ । यसप्रति भने विज्ञहरूले आपत्ति जनाएको अन्नपूर्ण पोष्टमा समाचार उल्लेख छ ।</p>

Leave a Comment

Leave a Reply