2026-06-26 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी पास गराउन कूटनीतिक पहल,अमेरिकी राजदूत भेट्न थाले नेतालाई

2020-02-09

माघ २६, काठमाडौँ | सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले अहिले राखिएका प्रावधान संशोधन नभई पास नहुने बताएपछि अमेरिकाले कूटनीतिक पहल थालेको हो।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरे । यता अमेरिकी राजदूतको भेटघाट बढिरहेका वेला एमसिसीका डेपुटी प्रमुख जोनाथन ब्रुक्स पनि नियमित परामर्शका लागि भन्दै नेपाल आएका छन्।

यसअघि माघ ३ गते अमेरिकी दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदासमेत सार्वजनिक गरेको थियो जसमा एमसिसी परियोजनामा कुनै सैन्य मामिला नजोडिएको स्पष्ट पारिएको थियो। त्यसपछि नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

‘सत्तारूढ दलभित्र व्यापक विरोध भएकाले त्यसबारे स्पष्ट पार्ने र कूटनीतिक लबिङ सुरु भएको देखिन्छ,’ नेकपाका एक नेताले नागरिकसँग भने। उनका अनुसार विदेश विभाग प्रमुख नेपालनिकट भीम रावलले बढी नै विरोध गरेका कारण राजदूतले नेपालसँग भेटघाट गरेका हुन्।

दूतावासले कूटनीतिक पहल गरिरहेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफू एमसिसीको पक्षमा रहेको बताए पनि अहिलेका सर्तमा केही संशोधन हुने संकेत गरेका छन्। उनले एमसिसीमा रहेका केही अस्पष्ट विषयलाई प्रस्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन्। उनले पोखरा र काठमाडौंमा भएका छुट्टाछुट्टै कार्यक्रममा नेपाल–अमेरिका दुवै पक्षबाट एमसिसीबारे प्रस्ट पारिनुपर्ने केही विषय रहेको बताए।

अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले एमसिसीमार्फत अनुदान दिन लागिएको अर्बौं रकम नेपालका लागि अवसर भएको स्पष्ट पारे।-यो समाचार आजको नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने