2026-09-20 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्ने बेलामा आमालाई हात ह्ल्लाउँदै गरेको ह्रदय विदारक तस्बिर

माघ २६, काठमाडौँ | हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे । नभेष काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।

समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पु(याउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे।

प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।

बालकले नभेषको मन छोइसकेको थियो। ‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो,’ उनले भने, ‘तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’

बालकको मृत्युको खबर उनले रोयर्टसलाई पनि दिए। जीवित छँदा बालकलाई सहयोग पुर्याउन नसकेपछि अब उनको मृत्युपछि फोटो कथा छाप्नुको औचित्य नरहेको उनीहरुको बुझाइ रह्यो। यही बीचमा पनि नभेष फूलकुमारीको परिवारसँग सम्पर्कमा थिए ।

परिवारमा अन्य दुई सदस्यको जिम्मेबारी पनि फूलकुमारीको काँधमा थियो। बालकलाई जोगाउन नसके पनि परिवारको दुःखमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचमा नभेष थिए। यत्तिकैमा फोटो पत्रकारको संगठन पिजे क्लबको फोटो प्रतियोगिता सुरु भयो। उनले सोचे– यसमै यो बालकको कथा राख्नेछु। तस्बिरले केही जिते त्यही बालकको परिवारलाई दिने सोचका साथ उनी प्रतियोगितामा सामेल भए।

नभन्दै यही तस्बिरले नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि जित्यो। शुक्रबार राजधानीमा आयोजित विजेता घोषणा कार्यक्रममा फोटो पत्रकार नभेषको फोटो फोटो अफ दी इयर ०७६ घोषित भयो।-यो समाचार आजको नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो