बालुवाटार जग्गा प्रकरणमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>फागुन २, काठमाडौँ |</b> नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ । बैंकले प्रवाह गरेको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा त्यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकको एक उच्च अधिकारीको भनाइ छ । त्यसका लागि बैंकले छलफल शुरू गरेको बताइएको छ ।</p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा अवैध तरीकाले नामसारी गरेको आरोपमा तीन पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध गत हप्ता विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।&nbsp;</p><p>अख्तियारले अनुसन्धानका क्रममा ललिता निवासअन्तर्गतका जग्गा धितो राखी विभिन्न व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट रू २ अर्ब ४१ करोड ६९ लाख कर्जा लिएको पाएको थियो । -यो समाचार आजको आर्थिक अभियान दैनिकमा&nbsp; मिलन विश्वकर्माले लेखेका छन् |</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply