Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अरूले परीक्षा दिएर पास भएका नेपाली कोरियामा धमाधम पक्राउ पर्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८, काठमाडौँ | अरूले परीक्षा दिएर पास भएर कोरिया गएका नेपाली धमाधम पक्राउ पर्न थालेका छन् | नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको हो |

‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्,’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्,’ केहि सहयोग हुन्छ कि भनेर विभिन्न ठाउँबाट फोन गरेपनि आफुले केहि सहयोग गर्न नसक्ने उनले बताए |

केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले बताए | उनले भने ‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ |

कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड (परिचयपत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताइन् |-यो समाचार आजको कान्तिपुर दैनिकमा गोकुल थोकर तामाङले लेखेका छन् |