Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

(कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, काठमाडौँ | चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ ।

कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ । त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो ।

चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ ।

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् ।