२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षकले गरे बलात्कार

२०७६, १६ फाल्गुन शुक्रबार ०८:०२

फागुन १६, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना  शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ |

शिक्षकहरू वसन्त ओली र  शिवराज जोशीले ती  किशोरीलाई  ललाइफकाई  पटकपटक  यौनशोषण  गरेपछि किशोरीको पेटमा अहिले सात महिनाको गर्भ रहेको जानकारी भएपछि कानुनी उपचारका लागि आफन्तले  प्रहरी, मानव अधिकार कर्मीलाई गुहार्न अहिले सदरमुकाम आएका छन् |

 मानसिक रोगि बहिनीको कानुनी उपचारका लागि सदरमुकाम आएका पीडित किशोरीका दाइ उपेन्द्र रेग्मीले‚थानीय गाउँकै नाता लाग्ने शिक्षकहरूबाट यस्तो घृणित कार्य भएको जानकारी पाएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिएका छन् |

राम्ररी बोल्न नसक्ने ती  किशोरीले गाउँका शिक्षक शिवराज जोशी र वसन्त ओलीले आफूलाई गएको जेठ महिनादेखि पटकपटक यौनशोषण गर्दै आएको बताएकी छिन् | शिक्षक जोशी पीडित किशोरीका हाडनाता पर्ने दाइ हुन, भने शिक्षक ओली छिमेकी गाउँका दाइ पर्ने मान्छे हुन | अभियुक्त दुवै शिक्षक शनिबार देखि फरार छन | 

प्रहरी  नायब उपरीक्षक गणेश बमले जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको बताएका छन् | उनका अनुसार अभियुक्तको  खोजी  कार्य भइरहेको छ | पीडित किशोरीलाई सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवासगृहमा राखिएको छ |- यो समाचार आजको गोरखा पत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने