2026-09-20 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लसुनको मूल्य आधा घट्यो

फागुन १८, काठमाडौँ | भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू. २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू. ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए । भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू. ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू. २८० रहेको छ । 

चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ । 

– यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो