Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

४० कामदारलाई कतार एयरवेजले बोर्डिङ पास नै दिएन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौँ | विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरुपमा प्रतिबन्ध लगाएको हो |

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए |

‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाइई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो,’ उनले भने । सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ |

हरेक दिन ३ वटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले लगाएको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ |-यो समाचार आजको नेपाल समाचार पत्रमा छ |