2026-09-20 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रित्तै कतार उड्यो, नेपाली लिएर फर्कियो

फागुन २८, काठमाडौँ | नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै जहाज रित्तै उड्नु परेको हो।

त्रिभुवन विमानस्थलका अनुसार कतारमा नेपाल एयरलाइन्सको विमान रित्तै गएर नेपाली ल्याएको थियो। ‘जाँदा रित्तै गयो, आउँदा नेपाली लिएर आयो।’ –विमानस्थलमा खटिएका एक कर्मचारीले भने। 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत यात्रु घटेका छन्।

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान निकै नै प्रभावित भएको बताए । ‘कोरोनाका कारण यात्रु झन्डै आधा घटेका छन्।’ –उनले भने।

– आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो