Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पेट्रोलियम पदार्थ:अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो !

By kit

फागुन २९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो |

अन्तर्राष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४.६५ डलरमा झरेको छ। साढे दुई महिनाको अवधिमा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन पाएका छैनन्। उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन्। अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर एक सय आठ रुपैयाँ छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ।

अन्तर्राष्ट्रिय बजारमा अहिले इन्धनको मूल्यमा कमी आएकाले केही दिनमा नेपाली बजारमा पनि मूल्य घट्ने निगमका अधिकारी बताउँछन्। मार्च १६ ९चैत ३ गते० मा नयाँ मूल्य आउने भएकाले त्यसपछि सस्तिने निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन्। ‘मार्च १६ मा मूल्य घटेर आयो भने हामी पनि घटाउछौं,’ उनले भने, ‘नयाँ भाउ समायोजन भएर आउने मूल्यसूचीमा भरपर्छ।’ निगम सकेसम्म उपभोक्तालाई सस्तोमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रयत्नशील रहेको दाबी उनको छ |

विश्वमा फैलिएको कोरोना विषाणुको प्रभावले यातायात तथा औद्योगिक उत्पादनमा कटौती आउँदा इन्धनको माग पनि घटेको छ। माग घटेपछि साउदी अरेबियाले कच्चा इन्धन उत्पादन कटौती गर्न राखेको प्रस्ताव रुसले अस्वीकार गरेपछि ‘प्राइस वार’ हुँदा मूल्य घटेको हो |-यो समाचार आजको नागरिक दैनिकमा छ |