पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३, काठमाडौँ | कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औधोगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।उनीहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरुको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरु पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानका काम गर्नेहरु छन् ।

कतारको सर्वाजनिक स्वस्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरुमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरु फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् ।