साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आ"/>
2026-09-18 05:35 PM
नुवाकोट - NWK

बलात्कारीहरुलाई खोज्दै बलात्कृत महिला राजधानीमा (घटना यसरी भयो)

साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् ।

पीडकहरुले पैसा र पावरको पटक-पटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् । तामाङले पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो । 

घटना चार दिन अगाडिको हो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । 

दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् । होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएको भन्दै तीन जना रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताएपनि उनीहरु जान मानेनन् ।

केहीबेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए । तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक  बलात्कार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काए ।

बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया