2026-09-20 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोनाका ९९ प्रतिशत संक्रमित लक्षणविहीन

असार २६, काठमाडौँ | नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । संक्रमितमध्ये १६ हजार ३५ जना विदेशबाट आएका छन् ।

यसरी हेर्दा हाल आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ८ हजार ५ सय १६ जना लक्षणविहीन रहेका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘समुदायमा संक्रमण अझै फैलिएको छैन । संक्रमितमध्ये ८७ प्रतिशत पुरुष १५ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । तीन प्रतिशत संक्रमित विदेशबाट नआई घरमै रहेका छन् ।’ 

पिसिआर टेस्ट नै नगरी विदेशबाट रेस्क्यु फ्लाईटमार्फत सिधै आएका केही व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएकामध्ये ३५ प्रतिशतले मात्रै पिसिआर टेस्ट गरेको पाइएको छ । यसरी हेर्दा ५ हजार ६ सय १२ जनाले मात्रै पिसिआर परीक्षण गरेर नेपाल भित्रिएको देखिन्छ ।

भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण समुदायमा नफैलिएको बताएको छ ।

– प्रशान्त वलीले आजको राजधानीमा यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो