2026-09-20 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्ध प्लाज्मा थेरापीको नेपालमा आशा, ४५ जना निको भए

भदौ १७, काठमाडौँ | कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।

प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर सुझाव दिन्छन् ।

उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ ।

हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको औषधिका रूपमा प्रयोग भइरहेको छ ।

प्लाज्मा थेरापी कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचारविधि रहेको ज्ञवालीले स्पष्ट गरे । उनले सङ्क्रमण मुक्त भएको दुई हप्तापछि ती व्यक्तिको रगतको प्लाज्मा अन्य सङ्क्रमितलाई दिन योग्य हुन्छ। सामान्य रूपमा ब्लड बैङ्कको माध्यमबाट रगत दिएर त्यसबाट प्लाज्मा छुट्याइन्छ । त्यसपछि अन्य सङ्क्रमितमा त्यो प्लाज्मा प्रयोग गरिन्छ ।

ब्लड बैङ्कमा प्लाज्मा भण्डारण गर्न र रक्तदाता खोज्न भने यतिबेला समस्या भइरहेको छ । भर्खर सङ्क्रमणमुक्त भएका बेला हत्तपत्त कसैले रगत दिन मान्दैनन् । त्यसका लागि स्वास्थ्यकर्मीले दातालाई थप परामर्श दिन आवश्यक ठानिएको उनले औँल्याए। सङ्क्रमित भएर निको हुने व्यक्तिले रगत दान गर्दा ‘साइड इफेक्ट’ नहुने भएकाले रगत दान गरेर अरूको ज्यान बचाउन उनले अनुरोध गरे । रगत लिनेलाई पनि कुनै हानि हुँदैन । जुन समूहको रगत हो त्यही रक्त समूहका बिरामीलाई प्लाज्मा झिकेर दिइन्छ । रक्त समूह भने फरक पर्नुहुँदैन ।

विश्वका विकसित देशले भने यसरी रगतको प्लाज्मा निकाल्नेभन्दा पनि नयाँ प्रविधि सहितको मेसिनबाट सीधै दाताको रगतबाट प्लाज्मा मात्र निकालेर अन्य बिरामीलाई दिने गरिन्छ ।

विश्वमा हालै भएको अध्ययन अनुसार प्लाज्मा दिएकामध्ये ५७ प्रतिशत कोरोना सङ्क्रमित निको भएको पाइएको छ । नेपालमा विभिन्न २२ वटा अस्पतालमा प्लाज्मा थेरापीको परीक्षण भइरहेको छ । अध्ययनको थप निष्कर्ष भने केही दिनमा पूर्ण रूपमा आउने परिषद्ले जनाएको छ ।

– आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो