पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौँ | भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।

सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।

सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए ।

- यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।