2026-06-20 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीपरिषदको व्यापक पुनर्गठन तिहारपछि हुने

असोज २९, काठमाडौँ | तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषदमा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा नेम्वाङले भनेका छन्, यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल ग-यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ । छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो ।


'अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्, तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भएअनुसार यो भएको हो,' उनले भनेका छन्, 'त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ ।'

- आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते