२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

२०७७, १६ कार्तिक आईतवार ०२:२०

कात्तिक १६, काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।

केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।

अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।

कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ । 

वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउँछन् । उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिन्छन् । डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् ।

अझ सतर्क…

त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै खतरा रहेको जानकारी डा. सुवेदीले दिए ।

सरुवा रोग विशेषज्ञ डा. सुवेदीले दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखिममा रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन्  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ