2026-09-20 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वालालम्पुरमा फास्ट फुड बेच्न थाले मालिन्दोका पाइलट

 कार्तिक २७, काठमाडौं । क्‍वालालम्पुर— प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् । दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर्या र काम फेरिएको छ ।

अचेल भने पाइलट एज्रिनले राजधानी क्वालालम्पुरको छेउमा एउटा सानो फास्ट फुड स्टल सञ्चालन गरेका छन् । ४४ वर्षीय एज्रिन कोरोना महामारीका कारण वायु सेवा कम्पनीले उडान बन्द गरेपछि कामविहीन हुने हजारौं कर्मचारीमध्ये एक हुन् ।

‘पहिलेको कम्पनीले मलाई कामबाट हटाएकाले मैले केही कमाउनै पर्छ,’ यसअघि मालिन्दो एयरमा कार्यरत उनले भने । मालिन्दो एयरले कोरोना महामारीका कारण उडान संख्यामा कटौती गर्दै सयौं कर्मचारी निकालेको छ । नियमित रुपमा आम्दानी नहुने भएपछि चार सन्तानका बुवा एज्रिनले सानो खाजा घर खोल्ने निर्णय गरेका हुन् । उनको स्टलमा विशेषगरी मलेसियाली परिकारहरु पाइन्छ । करी नुडल, लाक्सा (पिरो सुपसहितको चाउचाउ) र रोजाक (विभिन्न फलफूल मिसाएर बनाइने परिकार) उनको स्टलमा पाइन्छ ।

पाइलटको पोसाकसहित स्टलमा बसेको एज्रिनको फोटो उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी अहिले निकै लोकप्रिय भइरहेका छन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘क्याप्टेन कर्नर’ नाम दिइएको उनको स्टलमा पछिल्लो समय ग्राहकको भीड लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण विश्वभर लाखौं व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । केहीले भने पाइलट एज्रिनले झैं वैकल्पिक उपाय खोजिरहेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सको यो सामग्री कान्तिपुर दैनिकले अनुवाद गरी प्रकाशित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो