२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा फुट्नबाट जोगाउने २ उपाय

२०७७, ६ मंसिर शनिबार ०२:१३

मङ्सिर ६, काठमाडौँ | एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ–  

उपाय १: जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग 

सचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन्। ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं। दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं। र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं।’ 

महासचिव पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो। तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित छ। जुनसुकै कमिटीमा पनि यो रोग छिर्दैन भन्न सकिन्न। हुन पनि नेकपा पहिलाको संसद्जस्तै बन्न पुगेको छ। त्यतिबेला गठबन्धन मिलाएर सरकार बनाइन्थ्यो। चलुन्जेल चलाइन्थ्यो। नत्र ढल्थ्यो। सांसद किनिन्थ्यो। पार्टी फुटाइन्थ्यो। सकेको हथकन्डा अपनाएर अर्को सरकार बनाइन्थ्यो। त्यसको भविष्य गन्ती त्यही दिन सुरु हुन्थ्यो। नेकपा अहिले ठ्याक्कै त्यही हालतमा छ। यसमा कहिले कता अल्पमत, कहिले कता बहुमतको गणित चल्न थाल्यो। आफूलाई दर्बिलो बनाइराख्न सादा कागजमा हस्ताक्षर गराएर कायल बनाउनेदेखि आफैंले टिकट दिएर बनाएका सांसद किन्नेसम्मको 

अवस्था आइसक्यो। यसभन्दा दुर्गन्धित रूप के हुन्छ ? 

एमाले र एमाओवादी एकीकरणका क्रममा एकताको महाधिवेशन पहिलासम्मलाई दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो। यस आधारमा हेर्दा अन्य कमिटीका गन्थन–मन्थन, बहुमतरअल्पमतका कुरा बरालिने विषय मात्र हुन्। पार्टीभित्रै पार्टी छन्, तिनका पनि गुट–उपगुट छन्। 

तिनमा अनेक आकांक्षा, तृष्णा र भोक छन्। तिनको व्यवस्थापनका नाममा कहिले कता पल्ला भारी हुने गरेको छ, कहिले कता। 

यो रोगबाट मुक्तिको उपाय नै दुई अध्यक्षले मिलेर पार्टी चलाउने, बाँकी विघटन गर्ने हो। समाधान चाहने नेताहरूको राय यही छ। 

उपाय २: सम्पूर्ण भंग, महाधिवेशन समिति निर्माण

दुई अध्यक्ष मिलेर पार्टी चलाउन नसक्ने हो भने दोस्रो उपाय अपनाउन सकिन्छ– सबै भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने। त्यसमा एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न नचाहने (वर्तमान दुई अध्यक्षबाहेक) शीर्ष नेतालाई संयोजक बनाउने। उदाहरणका लागि झलनाथ खनाल हुन सक्छन्। उनी पुनः अध्यक्ष बन्ने चाहनामा देखिँदैनन्। उनको खास गुट पनि छैन। यो उदाहरण मात्र हो, अरू जो कोही हुन सक्छन्। 

झन्डै दुई तिहाइ बहुमतप्राप्त नेकपा झगडाकै कारण फुट्न मात्र लागेको छैन, जनमतसमेत गुमाउँदै गएको छ। यो परिस्थितिामा अघि बढ्ने दुई बाटा छन्– १. ध्वंसात्मक अर्थात् एक पक्षले अर्कालाई गालीगलौज गर्ने। यसरी नै चलिरहने, नचलेको दिन पार्टी फुटाउने। २. रचनात्मक अर्थात् खिया लागेका नट–बल्टु सफा गर्ने, एकता झन् कसिलो बनाउने। सत्तारूढ दलले सोच्ने विषय यो छ कि– कम्युनिस्ट फुटोस् र घ्वाप्प खान पाइन्छ भन्दै धुप हालेर बस्ने धेरै छन्। तिनैलाई उनीहरूले मलजल पु¥याइरहेका छन्। दलभित्रका छिद्र पुर्दै जानुपर्नेमा, थप्दै लगेका छन्। 

एकताका यतिका दिनसम्म आइपुग्दा गल्ती दुवै नेताबाट भए होलान्। अहम् दुवैमै होलान्। तर, दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण गल्ती थिएन। गल्ती त फेरि फुटाउँदा हुनेछ। दुवैले अलिकति अहम् त्याग्दा वा फराकिलो छाती बनाउँदा नेकपा जीवित रहन सक्छ। त्यसका लागि उत्तम समाधान माथिका ‘दुई उपाय’ हुन सक्छन् कि ? यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी